राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारको अवसरमा गाई पूजा गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका हुन्।

उनले गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्दै खानेकुरा खुवाएका थिए। तिहारमा गाईलाई धन, समृद्धि र सौभाग्यको प्रतीक मानेर पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।

Back To Top
Modern Footer Design