काठमाडौँ । आज कात्तिक शुक्ल प्रतिपदा, नेपाल संवत् ११४७ को प्रारम्भसँगै गोवर्धन पूजा, म्हपूजा तथा गोरु पूजा मनाइँदैछ। आज चन्द्रमा वृश्चिक राशिमा रहेको पञ्चाङ्गमा उल्लेख छ।

मेष

आज कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। मेहनत र आत्मविश्वासले चुनौतीपूर्ण काम पूरा गर्न सहयोग पुग्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारमा आफ्नो कुरा राख्दा अरूको भावनालाई पनि ध्यान दिनुहोला।

वृष

धैर्य र व्यावहारिक सोचले काममा सफलता मिल्नेछ। पुराना सम्बन्ध र कारोबारबाट लाभ लिन सकिनेछ। आर्थिक योजना पुनरावलोकन गर्ने समय छ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुहोला।

मिथुन

नयाँ सम्पर्क र विचार आदानप्रदानबाट फाइदा पुग्नेछ। लेखन, सञ्चार, अध्ययन तथा व्यापारमा सक्रियता बढ्नेछ। कागजात तथा आर्थिक विवरण जाँच गरेर मात्र निर्णय लिनु उचित हुनेछ।

कर्कट

आज रोकिएका काम अघि बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। आर्थिक रूपमा सामान्य सुधार हुनेछ। परिवारका सदस्यसँगको सम्बन्धमा समझदारी कायम राख्नुहोला।

सिंह

हतारमा निर्णय गर्दा समस्या आउन सक्छ। कार्यक्षेत्रमा समयमै काम सम्पन्न गर्न ध्यान दिनुहोला। आर्थिक कारोबारमा जोखिम नलिनु राम्रो हुनेछ। परिवारमा सानो मतभेद भए संवादबाट समाधान खोज्नुहोला।

कन्या

नयाँ काम सुरु गर्न अनुकूल समय छ। मेहनतको उचित परिणाम प्राप्त हुने सम्भावना छ। व्यापार तथा व्यवसायमा लाभको अवसर मिल्न सक्छ। रोकिएका काम पूरा गर्न आजको दिन उपयोगी बन्नेछ।

तुला

आज अपेक्षाअनुसार काम अघि नबढ्न सक्छ। नयाँ योजना कार्यान्वयन गर्न थप मेहनत आवश्यक पर्नेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। अरूको विषयमा अनावश्यक चासो नदिनु राम्रो हुनेछ।

वृश्चिक

आत्मविश्वास र काम गर्ने ऊर्जा बढ्नेछ। कठिन जिम्मेवारी पूरा गर्ने अवसर मिल्न सक्छ। व्यापारमा नयाँ निर्णय लिनुअघि आर्थिक पक्ष राम्रोसँग बुझ्नुहोला। परिवारमा पुराना विषयलाई लिएर विवाद हुनसक्ने भएकाले संयमित व्यवहार गर्नुहोला।

धनु

अध्ययन तथा नयाँ ज्ञान हासिल गर्ने अवसर मिल्नेछ। अनुभवी व्यक्तिको सुझाव उपयोगी बन्न सक्छ। व्यापार विस्तारका नयाँ सम्भावना देखिनेछन्। आर्थिक विषयमा दीर्घकालीन योजनालाई प्राथमिकता दिनुहोला।

मकर

मेहनतको राम्रो परिणाम प्राप्त हुने दिन छ। कार्यक्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने हुन सक्छ। आम्दानी बढ्ने सम्भावना छ। साझेदारी तथा व्यापारबाट लाभ मिल्न सक्छ।

कुम्भ

नयाँ कामबाट प्रतिष्ठा र लाभ प्राप्त हुने सम्भावना छ। करियरमा गरेका प्रयास सफल बन्न सक्छन्। नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक तथा व्यावसायिक क्षेत्रमा सम्बन्ध विस्तार हुनेछ।

मीन

आज जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नुपर्नेछ। प्रतिस्पर्धात्मक वातावरणमा धैर्य आवश्यक छ। साना–साना खर्चमा ध्यान दिनुहोला। परिवारका सदस्यको सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ।

Back To Top
Modern Footer Design