आजको मौसम,हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक रूपमा बादल लाग्नेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत रहेको छ। त्यसैगरी, आज राति हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

तराईका साथै काठमाडौं उपत्यका र विभिन्न खोँच क्षेत्रमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। मौसममा हुने यस्तो परिवर्तनका कारण विशेषगरी बिहानको समयमा चिसो बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Back To Top
Modern Footer Design