राष्ट्रपति पौडेल आज गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो गौरीघाटस्थित छठ पूजास्थलमा जाने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाट पुग्ने कार्यक्रम तय भएको छ। छठ पर्वको अवसरमा राष्ट्रपति पौडेलले गौरीघाट पुगेर छठी माताको पूजाअर्चना तथा दर्शन गर्ने कार्यक्रम रहेको छ। पूजा सम्पन्न गरेपछि उनी राष्ट्रपति कार्यालय फर्किनेछन्।

Back To Top
Modern Footer Design