सुनको मूल्यमा फेरि गिरावट, एकैदिन तोलामा १ हजार १०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो।

तिहारपछि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको देखिन्छ। तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ त्यसयता १५ हजार २०० रुपैयाँले घटिसकेको छ। यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Back To Top
Modern Footer Design