बझाङमा अटो दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, एक बालक बेपत्ता

धनगढी । बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्।

सोमबार बिहान करिब १०ः३० बजे नम्बर नखुलेको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा अटोमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी टेकबहादुर जोराका अनुसार मृत्यु हुनेमा बुंगल नगरपालिका–१० की करिब ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन्। दुर्घटनामा अटोमा सवार एक बालक बेपत्ता भएका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटना कसरी भयो भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design