सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार यसको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम थियो।

Back To Top
Modern Footer Design