खोटाङमा दुई स्थानको बाढीमा परी दुई जनाको ज्यान गयो

खोटाङ । खोटाङका दुई छुट्टाछुट्टै स्थानमा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई छाँगे खोलामा आएको बाढीमा बगेर बेपत्ता भएकी थिइन्। शनिबार दिउँसो घरबाट निस्किएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। खोजीका क्रममा शनिबार राति उनको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार खाइखुरे खोल्सा तर्ने क्रममा आएको बाढीमा बगेर बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार शान्ता राईको शव आइतबार जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ। पर्शुराम परियारको शव भने सोमबार पोस्टमार्टम गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design