वैदेशिक रोजगारीसम्बन्धी उजुरी अब अनलाइनबाटै गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।

मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले उजुरी डट गभर्मेन्ट नेपाल’नामक अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन्।

यसअघि वैदेशिक रोजगारीका नाममा हुने ठगी, अनावश्यक शुल्क असुली तथा अनुमतिबिनै विदेश पठाउने जस्ता घटनाका पीडितले उजुरी दिन विभागमै उपस्थित हुनुपर्ने व्यवस्था थियो। सीमित जनशक्ति र स्रोतका कारण उजुरी प्रक्रिया ढिलो हुने हुँदा सेवाग्राहीले काठमाडौंमा बसोबास र अन्य खर्चसमेत बेहोर्नुपर्ने अवस्था थियो।

नयाँ प्रणाली लागू भएपछि भने पीडितले घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत पोर्टलमा आवश्यक कागजात र प्रमाण संलग्न गरी उजुरी दर्ताका लागि आवेदन दिन सक्नेछन्। विभागले प्राप्त उजुरीको अध्ययन गरी प्रक्रिया अघि बढाउनेछ।

उजुरी दर्ता भएपछि सेवाग्राहीलाई मोबाइल सन्देश र इमेलमार्फत जानकारी पठाइनेछ। साथै, उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरेर जुनसुकै बेला आफ्नो उजुरीको अवस्था र प्रगतिबारे अनलाइनबाटै जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

यस प्रणालीलाई अझ प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले नेपाल प्रहरीसँग एपीआई ९ब्एक्ष्० इन्टिग्रेसन पनि गरेको छ। अब विभागबाट जारी हुने पक्राउ पुर्जी सिधै प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुने भएकाले रेकर्ड राख्न ढिलाइ हुने समस्या हट्ने र आरोपित व्यक्ति विदेश भाग्ने जोखिम पनि कम हुने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design