काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ३सय ७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
