सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ मा गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्कालगायत आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ। घटनास्थलको अवस्था हेर्दा युवतीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। तर मृत्युको वास्तविक कारण भने अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्ति वा कारणबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
