काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा डुबानबाट भएको क्षतिप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुःख व्यक्त गरेका छन्।
उनले विपद्को यस घडीमा नेपाली जनताप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै रुबियोले बाढीबाट प्रभावित नेपाली जनताको साथमा अमेरिका रहेको बताएका हुन्। उनले विपद्का कारण प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै नेपाली जनताको सुरक्षाका लागि प्रार्थना गरिरहेको उल्लेख गरेका छन्।
रुबियोले आवश्यक परेको अवस्थामा नेपाल सरकारलाई मानवीय सहायता उपलब्ध गराउन अमेरिकी विदेश मन्त्रालय तयार रहेको समेत बताएका छन्। नेपालमा पछिल्लो समय आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न देशका सरकार तथा अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाइरहेका छन्।:::
