काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४ सय ७५ पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ। त्यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको प्रहरीले जनाएको छ। बाढीपछि अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। बेपत्ताको खोजी र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायका ठूलो संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालन गरिएको छ।
