चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

बेइजिङ । चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार शुक्रबार दिउँसो १ः१३ बजे लोङचाङ सहर आसपास भूकम्प गएको हो। सीईएनसीले भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको जनाएको छ। भूकम्प जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा गएको मापन गरिएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिबारे तत्काल विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

Back To Top
Modern Footer Design