काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ३९३ जनाको भने अझै पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम नवलपरासीलगायतका जिल्लाबाट शव फेला परेका हुन्। पहिचान हुन नसकेका तथा अन्य शवहरू विभिन्न स्थानमा राखिएको प्रहरीले जनाएको छ। काठमाडौँ, पोखरा, पाल्पा, रूपन्देही र कपिलवस्तुलगायतका जिल्लामा समेत शव राखिएको प्रहरीले जानकारी दिएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानको कामलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ।
