रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र भइरहेका उद्धार तथा राहत कार्यबारे जानकारी गराएका छन् ।

भेटका क्रममा लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् । लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गरी बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि लामिछानेले राष्ट्रपति पौडेललाई समग्र अवस्थाबारे ब्रिफिङ गरेका हुन् । भेटमा बाढी प्रभावित नागरिकको उद्धारलाई प्रभावकारी बनाउने तथा राहतलाई तीव्रता दिने विषयमा समेत छलफल भएको बताइएको छ ।

Back To Top
Modern Footer Design