काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि नवलपुरका विभिन्न क्षेत्रमा भेटिएका तर पहिचान खुल्न नसकेका शवहरूलाई जमिनमा गाडेर व्यवस्थापन गरिने भएको छ।
पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनका लागि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्डको जंगल क्षेत्रमा आवश्यक तयारी अघि बढाइएको छ।
