काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एक घरबाट २४ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सुरक्षाकर्मीले खोजी गर्ने क्रममा उक्त घरबाट २४ जनाको शव उत्खनन गरी निकालिएको हो। फेला परेका शवमध्ये १३ जना महिला, १० जना पुरुष र एक बालकको रहेको प्रहरीले जनाएको छ। हालसम्म शवहरूको पहिचान भने खुल्न सकेको छैन। प्रहरीका अनुसार पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न शवहरू पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
