काठमाडौँ आज २२ भदौ २०८३, सोमबार, भाद्र कृष्ण पक्ष एकादशी तिथिका दिन कुन राशिका लागि कस्तो रहनेछ भन्ने ज्योतिषीय फलादेश यस्तो रहेको छ।


मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल छ। मेहनतअनुसार सफलता मिल्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ।

वृष: रोकिएका काम अघि बढ्नेछन्। परिवारको साथ मिल्नेछ। व्यापार–व्यवसायमा लाभ हुने सम्भावना छ।

मिथुन: काममा नयाँ जिम्मेवारी आउन सक्छ। आत्मविश्वास बढ्नेछ। बोल्दा संयमता अपनाउनु राम्रो हुनेछ।

कर्कट: काममा चुनौती आउन सक्छ। धैर्यपूर्वक अघि बढ्नुहोस्। आर्थिक कारोबारमा सावधानी आवश्यक छ।

सिंह: सामाजिक प्रतिष्ठा बढ्नेछ। महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुन सक्छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ।

कन्या: अध्ययन तथा पेशागत क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

तुला: रोकिएका काम पूरा हुनेछन्। पारिवारिक तथा प्रेम सम्बन्धमा सुधार आउनेछ।

वृश्चिक: आर्थिक लाभको अवसर प्राप्त हुन सक्छ। नयाँ योजना अघि बढाउन दिन सकारात्मक छ।

धनु: कामको चाप बढ्न सक्छ। सहकर्मी तथा परिवारसँग समन्वय गरेर अघि बढ्दा लाभ हुनेछ।

मकर: नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। रोजगारी तथा व्यवसायमा सकारात्मक परिवर्तन आउन सक्छ।

कुम्भ: नयाँ व्यक्तिसँगको भेटघाट उपयोगी बन्न सक्छ। आर्थिक अवस्थामा सुधार आउनेछ। अनावश्यक खर्चबाट जोगिनुहोस्।

मीन: योजना कार्यान्वयन गर्ने अवसर मिल्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। आत्मविश्वासका साथ अघि बढ्नुहोस्।

Back To Top
Modern Footer Design