मुगुमा दुई पटक भूकम्प, दुवैपटक ४ म्याग्निच्युडभन्दा माथि

मुगु । मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको गएको थियो। त्यसपछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो। केन्द्रका अनुसार दुवै भूकम्प मुगुको कलाई क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको हो। यसअघि भदौ २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु बनाएर बिहान ९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Back To Top
Modern Footer Design