सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४ हजार ८ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Back To Top
Modern Footer Design