काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग न्युयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल र पोर्चुगलबीच पछिल्लो समय विकसित हुँदै गएको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा दुवै पक्षले आपसी हित र चासोका विभिन्न क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए। नेपाल–पोर्चुगल सम्बन्धलाई अझ प्रभावकारी र गतिशील बनाउँदै पारस्परिक लाभका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा समेत भेटमा कुराकानी भएको जनाइएको छ।
