फ्रिज सफा गर्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गरिरहेको अवस्थामा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।करेन्ट लागेर घाइते भएकी सिग्देललाई तत्काल उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा पठाइएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।

Back To Top
Modern Footer Design