काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो।
महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ४ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
