सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम थियो। यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँमा झरेको छ। महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ३ हजार ७३४ रुपैयाँ कायम भएको छ। सुनचाँदीको मूल्यमा आएको यो गिरावटसँगै गरगहना खरिद गर्ने उपभोक्ताले दैनिक रूपमा सार्वजनिक हुने मूल्यसूची हेरेर खरिदको निर्णय गर्न सक्नेछन्।

Back To Top
Modern Footer Design