एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईले अदालतमा दिए बयान, अब बहस हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई जिल्ला अदालत ललितपुरमा उपस्थित भएका छन्।

खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अदालत पुगेका उनीहरूको बयान बुधबार सकिएको छ। जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवै जनाको बयान पूरा भइसकेको छ। अब मुद्दामा बहस प्रक्रिया अघि बढ्नेछ। यस मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सिफारिसपछि ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।

यसअघि कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा भएका थिए। तर, अध्यक्ष नेम्वाङ र महासचिव राई भने यसअघि अदालतमा उपस्थित भएका थिएनन्। अदालतमा बयान सकिएसँगै अब मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको छ।

Back To Top
Modern Footer Design