सेयर बजारमा उछाल, नेप्से ३३ अंकले बढेर २६६४ विन्दुमा

काठमाडौं । साताको कारोबारमा बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द भएको छ।

आज ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका क्षेत्रमध्ये ट्रेडिङ समूहबाहेक अन्य सबै समूहको सेयर मूल्य बढेको छ। आज बेनी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, प्राइम डिबेन्चरको मूल्य सबैभन्दा धेरै २.९६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा लिबर्टी इनर्जी अगाडि देखिएको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Back To Top
Modern Footer Design