सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु, पाँच दलका नेताहरू सहभागी

काठमाडौं । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ।

सोमबार केहीबेरअघि सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन्। बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी छन्।

त्यस्तै, एमालेबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा राप्रपाबाट खुश्बु ओली पनि बैठकमा उपस्थित छन्। विपक्षी दलका नेताहरूको सहभागितामा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

Back To Top
Modern Footer Design