काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ। मंगलबार ३ हजार ६७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यससँगै आज बजारमा सुन महँगिएको छ भने चाँदी केही सस्तिएको छ।
