काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्।
बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन्। प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा दुई देशबीचको आपसी हित, व्यापार, कनेक्टिभिटी तथा सांस्कृतिक सम्बन्धलगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ। नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुका साथै आपसी समझदारी बढाउन भारतीय विदेश सचिवको यो भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
