सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएको छ ।

सर्वोच्च अदालतका लागि न्यायपरिषद्बाट सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइ सम्पन्न भएको हो । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार दुई जना प्रस्तावित न्यायाधीशको सुनुवाइ गरिएको थियो । यसअघि शुक्रबार पनि दुई जनाको सुनुवाइ सम्पन्न भएको थियो ।

शनिबार गोकर्ण डाँगी र जनक पाण्डेको सुनुवाइ भएको हो । यसअघि बिहीबार चन्द्रबहादुर सारु र डा. रत्नबहादुर बागचन्दको सुनुवाइ गरिएको थियो । चारै जनाले आफ्नो कार्यसम्पादन, न्यायिक अनुभव तथा सर्वोच्च अदालतको न्यायाधीशका रूपमा निर्वाह गर्ने भूमिकाबारे समितिसमक्ष धारणा प्रस्तुत गरेका थिए । सुनुवाइ प्रक्रिया सकिए पनि प्रस्तावित न्यायाधीशहरूलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा भने समितिले निर्णय गरिसकेको छैन । समितिले प्रस्तावित नामहरूबारे थप आन्तरिक छलफल गरेपछि अनुमोदनसम्बन्धी निर्णय गर्ने जनाएको छ ।

Back To Top
Modern Footer Design