छठले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मानसँगै सामाजिक सद्भाव र एकताको भावना बलियो बनाउने बताएका छन्।

छठ पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै थापाले सूर्यको उपासना तथा प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले जीवनप्रति कृतज्ञ हुन र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन्। उनले छठ पर्वले समाजमा आपसी प्रेम, सद्भाव र सकारात्मक भावनाको विकास गराउने विश्वास व्यक्त गरेका छन्। सभापति थापाले छठको अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

Back To Top
Modern Footer Design