१ मंसिर २०८३, मंगलबार। आजको दिन विभिन्न राशिका व्यक्तिका लागि मिश्रित फलदायी रहनेछ। केही राशिको रोकिएको काम अघि बढ्नेछ भने केहीले आर्थिक तथा पारिवारिक विषयमा संयमता अपनाउनुपर्ने देखिन्छ। हेर्नुहोस् आजको राशिफल।

मेष: मेहनत र लगनशीलताले काममा सफलता मिल्नेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आर्थिक लाभको सम्भावना छ। व्यापार–व्यवसायमा सुधार आउनेछ।

वृष: भाग्यले साथ दिनेछ। काममा जिम्मेवारी बढ्न सक्छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ भने नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ।

मिथुन: काममा केही चुनौती आउन सक्छन्। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला। दिउँसोपछि परिस्थिति अनुकूल बन्दै जानेछ।

कर्कट: पेसा–व्यवसायमा लाभ मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोला।

सिंह: रोकिएका काम अघि बढ्नेछन्। मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ। मनोरञ्जन तथा घुमफिरको अवसर मिल्न सक्छ।

कन्या: अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। गुरुजनको सहयोगबाट फाइदा मिल्नेछ। दिउँसोपछि काममा केही अवरोध आउन सक्छ।

तुला: सुरुमा केही असहजता भए पनि दिन अघि बढ्दै जाँदा परिस्थिति सहज बन्नेछ। अध्ययन र काममा राम्रो उपलब्धि हासिल हुने सम्भावना छ।

वृश्चिक: रोकिएका काम पूरा हुनेछन्। नयाँ काम थाल्ने अवसर मिल्नेछ। आर्थिक लाभ भए पनि साथीभाइ तथा आफन्तसँग व्यवहार गर्दा संयमता अपनाउनुहोला।

धनु: अध्ययनमा प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोत खुल्न सक्छन्। तर दिउँसोपछि अरूको भर पर्दा काममा ढिलाइ हुनसक्छ।

मकर: समयमै काम सम्पन्न हुँदा उत्साह बढ्नेछ। अध्ययन र व्यवसायमा सफलता मिल्नेछ। पुरानो लगानीबाट समेत लाभ प्राप्त हुने सम्भावना छ।

कुम्भ: खर्च बढ्न सक्छ। आर्थिक विषयमा सोचविचार गरेर निर्णय लिनुहोला। दिउँसोपछि नयाँ अवसर प्राप्त हुने र रोकिएका काम अघि बढ्ने संकेत छ।

मीन: आम्दानी बढ्ने सम्भावना छ। पुराना कामबाट लाभ मिल्न सक्छ। दिउँसोपछि खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला।

Back To Top
Modern Footer Design