सिन्धुली । सिन्धुलीमा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। कमलामाई नगरपालिका–१० डाँडाटोलमा मंगलबार राति भएको घटनामा ४० वर्षीया सानुकुमारी कार्कीको ज्यान गएको हो।
प्रहरीका अनुसार राति करिब १ बजे ४२ वर्षीय श्रीमान् मनोज कार्की र श्रीमतीबीच विवाद भएको थियो। विवादका क्रममा मनोजले लोहोरोले टाउकोमा प्रहार गर्दा सानुकुमारी गम्भीर घाइते भएकी थिइन्। प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् मनोज कार्कीलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
