काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई लिएर नयाँ दिल्लीमा स्वागतको विशेष तयारी गरिएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ भने स्वागतका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरिसकेका छन्। उनी नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली अवतरण गर्ने कार्यक्रम रहेको छ।
