भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउन प्रधानमन्त्री शाहले गरे राष्ट्रपतिसँग भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे जानकारी गराएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका द्विपक्षीय छलफल, सहमति र उपलब्धिबारे राष्ट्रपति पौडेललाई अवगत गराएका हुन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा भारत भ्रमणका विषयसँगै समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्त्वपूर्ण विषयमा समेत छलफल भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भएका कुराकानी र दुई देशबीच भएका सहमतिबारे राष्ट्रपतिलाई विस्तृत जानकारी गराएको दाहालले बताएकी छन्।

Back To Top
Modern Footer Design