सिटिजन्स बैंकद्वारा २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति ७।५ प्रतिशत लाभांशदर भएको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

असार ३ गते सम्पन्न विशेष साधारणसभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो। अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री गर्नेछ। उक्त शेयर वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको छ र दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ। हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ।

Back To Top
Modern Footer Design