काठमाडौँ । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र जर्मनी कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ललाई पक्राउ गरेको हो।
यसअघि पनि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरिसकेको थियो। हालसम्म यो प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।
