काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा शुक्रबार पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन्। बैठक सुरु भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरेलगत्तै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। लगातारको अवरोधपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका छन्। विपक्षी दलले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पछिल्ला दिनदेखि संसद् बैठकमा विरोध गर्दै आएका छन्।
