काठमाडौँ। आज ग्रह–नक्षत्रको अवस्थाले अधिकांश राशिका व्यक्तिका लागि सकारात्मक संकेत देखाएको छ। केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ र करियरमा प्रगतिको योग बनेको छ भने केहीले खर्च, स्वास्थ्य र पारिवारिक सम्बन्धमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। आजको दिन तपाईंको राशिअनुसार कस्तो रहनेछ, हेरौँ विस्तृत राशिफल।

मेष ९च(, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ कामको सुरुवातका लागि अनुकूल समय छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। व्यापारमा राम्रो आम्दानी हुने सम्भावना छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ भने प्रेम सम्बन्धमा पनि खुसी मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक पक्षमा केही उतारचढाव आउन सक्छ। अनावश्यक खर्च बढ्ने भएकाले बजेटमा ध्यान दिनु राम्रो हुनेछ। कार्यक्षेत्रमा धैर्य र संयम अपनाए सफलता प्राप्त हुनेछ। आफन्त तथा साथीभाइबाट सहयोग मिल्ने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मविश्वास बढ्ने दिन छ। नयाँ योजना कार्यान्वयन गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ हुने सम्भावना छ भने अध्ययन तथा प्रतियोगितामा सफलता मिल्ने संकेत देखिएको छ। छोटो यात्राको पनि योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भावनामा बहकिएर निर्णय नगर्नुहोस्। कार्यक्षेत्रमा केही चुनौती आउन सक्छन्, तर धैर्यताले समाधान निकाल्न सकिनेछ। परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज तपाईंको नेतृत्व क्षमता उजागर हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक लाभका अवसर बढ्नेछन्। दाम्पत्य तथा प्रेम जीवन सुखद रहने सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मेहनतअनुसार सफलता प्राप्त हुनेछ। कार्यस्थलमा जिम्मेवारी बढ्न सक्छ, तर त्यसलाई कुशलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। खर्च नियन्त्रणमा राख्न सके आर्थिक अवस्था सन्तुलित रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने दिन छ। नयाँ व्यक्तिसँगको भेटघाट भविष्यका लागि लाभदायी बन्न सक्छ। व्यापार तथा व्यवसायमा सकारात्मक परिणाम प्राप्त हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा केही अवरोध आए पनि धैर्य र आत्मविश्वासले सफलता दिलाउनेछ। आर्थिक निर्णय गर्दा सोचविचार गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुहोस्।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)

अध्ययन, करियर र विदेशसम्बन्धी योजनाका लागि आजको दिन शुभ देखिएको छ। नयाँ अवसर प्राप्त हुन सक्छ। पारिवारिक सहयोगले आत्मविश्वास बढ्नेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने सम्भावना छ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएका काम पूरा हुनेछन्। आर्थिक लाभका अवसर प्राप्त हुनेछन्। व्यवसायमा राम्रो प्रगति हुनेछ। सहकर्मीसँगको सम्बन्ध सुदृढ रहनेछ। अनावश्यक विवादबाट टाढा रहनु लाभदायक हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साझेदारीमा गरिएका कामबाट लाभ मिल्नेछ। वैवाहिक तथा प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। नयाँ अवसरको सदुपयोग गर्न सक्नुभयो भने भविष्यका लागि राम्रो आधार तयार हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम पूरा हुनेछन्। खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। सकारात्मक सोचले दिनभर ऊर्जा र उत्साह प्रदान गर्नेछ।

Back To Top
Modern Footer Design