काठमाडौँ । स्थानीय सुनचाँदी बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला पाँच हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले वृद्धि भएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४८० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ३७० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारतर्फ आज सुन प्रतिऔँस चार हजार १३९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
