सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकामा बुधबार यात्रुवाहक गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी बुधबार बिहान गुर्भाकोट नगरपालिका–१३ स्थित सेराघारी क्षेत्रमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर सडकमै पल्टिँदा चालकसहित १९ जना यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिं बोहोराले दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको जानकारी दिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
