दाङमा ढिस्कोले पुरिँदा १३ वर्षीय बालकको ज्यान गयो

दाङ। दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिँदा एक बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर खत्रीका अनुसार शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका बेला उनीमाथि अचानक ढिस्को खसेको थियो। घटनापछि स्थानीय र प्रहरीले उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design