आज देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, आकस्मिक सेवा भने सुचारु रहने

काठमाडौँ । नेपाल चिकित्सक संघले आज ९मंगलबार० देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको व्यवहारको विरोधस्वरूप संघले यस्तो आन्दोलनको घोषणा गरेको हो।

संघका अनुसार साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरिएको छ। उक्त घटनामा डा। प्रमोद राम गम्भीर घाइते भएका थिए भने अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी पनि आक्रमणको शिकार बनेका थिए। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

संघले जारी गरेको विज्ञप्तिअनुसार माग सम्बोधनका विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रहरी परिचालन गरिएको र संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकहरूमाथि दुर्व्यवहार तथा अभद्र व्यवहार भएको आरोप लगाइएको छ। यही घटनालाई लिएर संघले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रहरी प्रमुख ९एसपी० सुदीपराज पाठकमाथि पनि छानबिन गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ। नेपाल चिकित्सक संघले आन्दोलनका आगामी कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गर्ने जनाएको छ। साथै, आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामी तथा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आकस्मिक उपचार सेवा भने यथावत सञ्चालन हुने स्पष्ट पारेको छ।

Back To Top
Modern Footer Design