प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीचको भेटवार्ता सम्पन्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीचको भेटवार्ता सम्पन्न भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो। भेटमा प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवसहित दुवै पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रधानमन्त्री शाह र भारतीय राजदूतबीचको भेटवार्ता सम्पन्न भएसँगै अब चिनियाँ राजदूतसँग भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री शाहले दिउँसो ३ बजे नेपालका लागि चिनियाँ राजदूतसँग भेट गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहले यसअघि नेपालमा रहेका विभिन्न देशका राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्दै आएका थिए। पछिल्लो भेट भने भारतीय राजदूतसँगको पहिलो एकल भेटवार्ताका रूपमा भएको हो।

Back To Top
Modern Footer Design