रसुवा बाढी : आठ जिल्लामा २८९ जनाको शव फेला, खोजी कार्य जारी

रसुवा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ।

बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव भेटिएको छ। त्यस्तै, पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव फेला परेको जनाइएको छ। बाढीबाट प्रभावित तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा निकायका टोलीले नदी किनार, प्रभावित बस्ती तथा अन्य सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतसँगै बेपत्ताको खोजीलाई प्राथमिकतामा राखिएको छ।

Back To Top
Modern Footer Design