विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

काठमाडौं । बाढी, पहिरो तथा आगलागीजस्ता प्राकृतिक विपद्का बेला जोखिम मोलेर उद्धार र राहतमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न सरकारले उनीहरूले पाउने भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का बेला परिचालन हुने सुरक्षा निकायका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।विपद्का समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मीको योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले भत्ता तथा खाजा खर्च वृद्धि गर्ने निर्णय गरिएको जनाइएको छ। सरकारले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूको सेवा–सुविधामा सुधार गर्ने निर्णय गरेको हो।

Back To Top
Modern Footer Design