काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ प्रतितोला थियो। पछिल्ला दिनमा पनि सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ। बिहीबार प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ रहेको चाँदी आज १ सय ८५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
