सुरुङ उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन

काठमाडौँ । जोखिमपूर्ण सुरुङ तथा जलविद्युत् आयोजनामा उद्धार कार्यलाई सहज बनाउन स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अनुसार स्विस ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष अनुरोधमा ल्याइएको ड्रोन स्विस मानवीय सहायता विज्ञले प्राधिकरणलाई हस्तान्तरण गरेका हुन्। मानिस पुग्न कठिन हुने अँध्यारा तथा साँघुरा सुरुङभित्र उडान भरेर अवस्था निरीक्षण गर्न सक्ने यो ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको छ। त्यसैले सुरुङका भित्ता वा चट्टानमा ठोक्किए पनि ड्रोन नखसी निरन्तर उडान गर्न सक्ने जनाइएको छ। यो प्रविधि प्रयोगमा आएपछि सुरुङभित्र जोखिमपूर्ण अवस्थामा रहेका व्यक्तिको खोजी तथा उद्धारमा थप सहजता पुग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

Back To Top
Modern Footer Design