काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार मात्रै सुनको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय २५ रुपैयाँमा झरेको छ। अर्थात् चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
